अध्ययनलाई निरन्तरता दिन नेपाली विद्यार्थीहरु चीन जान पाउने

२० जेठ ।
चीनको विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययनरत कोभिड–१९ का कारण फिर्ती हुन नपाएका नेपाली विद्यार्थीहरु चरणवद्ध रुपमा जान पाउने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै पहिलो चरणमा दुई सय ८१ जना विद्यार्थीहरुलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरेको जनाएको छ ।
मन्त्रालयले सुचना सूचीमा रहेका विद्यार्थीहरुले चीन फिर्तीका लागि देहायको गाईड लाइन बमोजिम पुनः भिसा प्राप्तिका लागि अविलम्ब निवेदन गर्नसमेत आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रिया