गैँडाकोट नगरपालिकाको नक्सा शाखाका कर्मचारीमा कोरोना संक्रमण, एकहप्ता सेवा बन्द

गैँडाकोट, ६ माघ ।
गैँडाकोट नगरपालिकाका कर्मचारीहरुलाई कोभिड १९ पुष्टि भएको छ । नक्सा शाखामा कार्यरत कर्मचारीहरुमा कोभिड १९ संक्रमण पुष्टि भएको हो । लगतै नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै कार्यालयले घरनक्सा तथा अभिलेखिकरण शाखाबाट हुने सेवा एकसाताका लागि बन्द गरिएको जनाएको छ ।प्रमुख प्रशाासकीय अधिकृत छविलाल सुवेदीद्धारा जारी सूचनामा कोभिड संक्रमित कर्मचारीहरु एकसाताका लागि होम आईसोलेनमा बस्नुपरेकोले आजैका मितिदेखि लागुहुने गरि एक हप्ता सेवा प्रवाह बन्द गरिएको उल्लेख छ ।
तपाइँको प्रतिक्रिया