विश्व वातावरण दिवसको अवसरमा गैँडाकोटमा वृक्षारोपण

गैँडाकोट, २२ जेठ ।
५० औँ विश्व बातावरण दिवसको अवसरमा विजय सामुदायीक शिक्षा सदनले आइतबार बृक्षारोपण गरेको छ । विद्यालय परिसर सहित वडा नं ५ को स्वास्थ्य चौकि परिसरमा बृक्षारोपण गरिएको हो । आप, लिचि, अम्बा, एबोगाडो, गोलमोहर लगाएतका विरुवा रोपिएको विद्यालयका प्रिन्सीपल रेखा श्रेष्ठले जनकारी दिनु भयो ।
वडा नं ५ का वाडाध्यक्ष रत्नप्रसाद सापकोटा, निर्वर्तमान अध्यक्ष नवराज कंडेल , विद्यालय सञ्चालक समितिका कोषाध्यक्ष लक्ष्मण कार्की, विद्यालयका शिक्षक, अभिभावक र विद्याँर्थी लगाएतको उपस्थीतिमा बृक्षारोपण गरिएको थियो ।
तपाइँको प्रतिक्रिया