भरतपुर महानगरमा ३ सय ५० मत गणना, रेणुको अग्रता

चितवन, ३१ वैशाख ।
भरतपुर महानगरपालिकामा अहिले सम्म वडा नं १ मा ३ सय ५० मत गणना भएको छ । पछिल्लो मतगणनामा गठबन्धनबाट मेयरका उम्मेदवार रेणु दाहालको अग्रता छ। १ सय ५० मत गणना गर्दा भने एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका थिए ।
मेयरमा
विजय सुवेदी (एमाले) : १२७
रेणु दाहाल (माओवादी) : १३३
जगन्नाथ पौडेल (स्वतन्त्र) : ४१
उपमेयरमा
चित्रसेन अधिकारी (काङ्ग्रेस) : १६२
हिमला गुरुङ्ग (राप्रपा) : ९१
वडा अध्यक्षमा
शुक्र श्रेष्ठ (एमाले) : १३७
केशव महर्जन (रुख) : १६४
भरतपुर महानगर वडा नं १ मा जम्मा मतदाता संख्या ५ हजार ७४ रहेको छ भने ३ हजार २ सय मत खसेको थियो ।
तपाइँको प्रतिक्रिया