गैँडाकोट नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसको अग्रता कायमै

हिमा अर्याल, गैँडाकोट ।
गैँडाकोट नगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ । नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार मदनभक्त अधिकारी ५ हजार २ सय ६० मतका साथ अगाडि रहनु भएको छ । नेकपा एमालेका मेयर पदका उम्मेदवार छत्रराज पौडेलले भने ३ हजार ५ सय २५ मत प्राप्त गर्नु भएको छ । पछिल्लो मत परिणाम अनुसार १ हजार ७ सय ३५ को मतान्तर रहेको छ । उपमेयर पदमा पनि नेपाली काँग्रेसले अग्रता जारी नै राखेको छ ।
काँग्रेसका उपमेयरका उम्मेद्वार शान्ति कोइरालाले ६ हजार ९५ मत प्राप्त गर्नु भएको छ । राप्रपाका उपमेयरका उम्मेदवार तलाराम पौडेलले २ हजार २ सय ४८ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा ३ हजार ८ सय ४८ मतान्तर रहेको छ । अहिले सम्म गैँडाकोट १, २, १७ र १८ को मत गणना सकिएको छ भने वडा नं ३ र ५ मतगणना जारी छ ।
तपाइँको प्रतिक्रिया