हप्ताको दुई दिन विदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाण्डौ, २३ जेठ ।
हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् ।
उनीहरुले आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न र परमादेश माग गरेका छन् । मन्त्रिपरिषदको बैठक २६ गतेको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयन भइरहेको छ । सरकारले विदा दिने निर्णय गरेपनि कतिपय जिल्लाका पालिकाले निर्णय लागु गरेका छैनन् ।
तपाइँको प्रतिक्रिया