नवलपरासी पश्चिम जिल्ला अदालतमा गोली चलाउने व्यक्ति पक्राउ

नवलपुर, २४ जेठ ।
नवलपरासी पश्चिम जिल्ला अदालतमा गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरावल गाँउपालिका वडा नं ४मंगलापुर बस्ने २८ वर्षिय हंशराज यादव रहेका छन् ।
यादवलाई मंगलबार दिउसो २ बजे सुनवल नगरपालिका ९ बनकट्ी बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक क्रषिराम कँडेलले जानकारी दिनु भयो । यादबको साथबाट पेस्तोल सहित, एक थान म्यागजिन र एक राउण्ड गोली पनि बरामद गरिएको कँडेलले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया