गैँडाकोट खानेपानीको अध्यक्षमा न्यौपाने र सापकोटाको उम्मेदवारी

गैँडाकोट, २५ जेठ । गैँडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संंस्थाको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ ।
संस्थाको अध्यक्ष पदका लागि पूर्व वडा अध्यक्ष गैँडाकोट ४ का कृष्णप्रसाद न्यौपाने र गैँडाकोटका ज्ञानेन्द्रप्रसाद सापकोटाको उम्मेदवारी परेको निर्वाचन संयोजक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।
त्यस्तै उपाध्यक्षमा कृष्ण सापकोटा र कुलप्रसाद शर्माको उम्मेदवारी परेको छ । सचिवमा एकमात्र केशवराज शर्माको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा सागर काफ्ले र श्रीराम सुवेदीको मनोनयन दर्ता परेको छ । सह सचिवमा चुडामणी शर्मा, कृष्णप्रसाद काफ्ले र ईश्वरीप्रसाद घिमिरेको उम्मेदवारी दर्ता भएको संयोजक ढुङ्गानाले जानकारी दिनुभयो ।
त्यस्तै खुल्ला महिला सदस्यमा कमला सुनार, देवी पोख्रेल, पद्मा देवि शर्मा सुवेदी, भिमादेवी शर्मा, मिनादेवी शर्मा, रेनु श्रेष्ठ, शान्ति सापकोटा, शान्ति क्षेत्री, शुसिला आचार्य, लक्ष्मी लामिछाने पोख्रेल, हिरा रिमाल भुषालको उम्मेदवारी परेको छ ।
तपाइँको प्रतिक्रिया