नवलपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

गैँडाकोट, ३१ जेठ ।
नवलपुरको हुप्सेकोट गाँउपालिका ४ झ्यालबासमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मत्यु हुनेमा ५५ बर्षिय कोश बहादुर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सोमबार बिहान १० बजेको समयमा खेतमा पानी लगाउने क्रममा बिजुलीको पोलमा रहेको तारमा छोइएपछि मल्ललाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया