राजा ल्याउने षडयन्त्र चलिरहेको छ, तर सम्भव छैन : नेपाल

काठमाडौं, ५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारीहरुले राजा ल्याउने षड्यन्त्र गरिरहेको बताएका छन् ।
आइतबार काठमाडौमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले आफुहरु कुनै हालतमा प्रतिगमन हुन दिने पक्षमा नरहेको बताए ।
‘प्रतिगमन हुन दिन्नौँ । प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘तर यो किमार्थ सम्भव छैन ।’ उनले राजाको शासन आएपछि देश राम्रो हुन्छ भनेर कतिपयले भनिरहेको भन्दै राजाले देश कसरी चलाएका थिए भन्ने आफुलाई राम्ररी थाहा भएको पनि बताए । संघीयता समस्या नभएको पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ ।
तपाइँको प्रतिक्रिया