नवलपुरमा फलाम खानीको उत्खनन कार्य अगाडि बढ्यो, १५ करोड टन कच्चा फलाम उत्पादन हुने

नवलपुर, ६ असार ।
धौवादी फलाम खानीको उत्खनन कार्य अगाडि बढाइएको छ । २०७६ साल असोजमा फलाम निकाल्न गठन भएको धौवादी कम्पनीले फलाम उत्खननका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको जनाएको छ । कम्पनीका निर्देशक शैलेश थापाले उत्खननको कार्य तीव्ररुपमा अगाडि बढेको बताए । उनकाअनुसार कम्पनीले विभिन्न परीक्षणसहित कार्य अगाडि बढाएको छ ।
उक्त क्षेत्रमा १५ करोड टन फलाम उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ । गण्डकी प्रदेशको नवलपरासीको सुस्तापूर्वीको कावासोतीदेखि २० किलोमिटर उत्तरमा हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ को धौवादी डाँडामा खानी भेटिएपछि धौवादी–पोखरी र दुर्लुंगा क्षेत्रमा अध्ययन अनुसन्धान कार्य गर्दै आएका छन् ।
तपाइँको प्रतिक्रिया