गैँडाकोट नगरपालिकामा ५६ हजार बढिले लगाए पुर्णखोप

गैँडाकोट, ६ माघ ।
गैँडाकोट नगरपालिकामा करिब ४८ हजार बढिले पुर्णखोप लगाएको गैँडाकोट स्वास्थ्य शाखाले जानकारी दिएको छ । स्वास्थ्य शाखाका प्रमुख झलराज पौडेलले खोप सुरु भए यता देखि पुष १० गते सम्म लगाईने खोप सहित नगरपालिकामा ५६ हजार बढिले पुर्णखोप लागाईसक्ने जानकारी दिनु भयो । पौडेलले कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन भित्रिएपछि खोप लगाउने ह्वात्तै बढेको बताउनु भयो । यसअगाडि कार्तिक र मंसिरमा खोप लगाउन आव्हान गरेपनि लगाउन नआएपछि कार्तिकमा ५५ सय खोप र मंसिरमा ११ सय खोप फिर्ता गरिएको पनि जानकारी दिनु भयो ।
गैँडाकोटमा अहिले बाहिरी जिल्ला चितवन, तनहुबाट समेत खोप लगाउन आएको बताउनु भयो । पुष महिनाको खोप १० गते सम्म लगाईने बताउदै बाकि खोपको सुनिश्चितता भएपछि लगाईने जानकारी दिनु भयो । १२ वर्ष भन्दा माथिका बालबालिकालाई विद्यालयमा नै खोप लगाउने व्यवस्था गरिएको पौडेलले बताउनु भयो । अहिले देखिएको संक्रमणमा ओमिक्रोन हो कि होइन छुट्याउन समय लाग्ने भएकाले सवै नागरिक आफै जिम्मेवार भै भिडभाडमा नजाने, अनिवार्य मास्क प्रयोग गर्ने, भौतिक दुरी कायम गर्न स्वास्थ्य शाखाले सवैमा गैँडाकोट स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।
अहिले संक्रमण पुष्टि भएकाहरु होम आइसोलेसनमा नै बसिरहेको स्वास्थ्य शाखाले जनाएको छ । भर्ना गर्नु पर्ने अवस्था आएपनि अक्सिजन सहितको व्यवस्थापन नगर अस्पतालमा रहेको गैँडाकोट स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया