सरकारी कार्यालयका बैठकमा नेपाली बिस्कुट मात्रै खाने नीति : अर्थ मन्त्री शर्मा

काठमाण्डौ –
अर्थ मन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे तीन खर्ब रुपैयाँको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले देशमा साढे तीन खर्ब रुपैयाँको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरेर आएको बताउनुभयो ।
मन्त्री शर्माले सरकारी कार्यालयहरूमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग गर्नुपर्ने नीति आएको बताउनुभयो । उहाँले सरकारी कार्यालयहरूका विभिन्न बैठकमा नेपाली बिस्कुट नै प्रयोग गर्न आग्रह गर्नुभयो । अर्थ मन्त्री शर्माले पेट्रालियम पदार्थमा बढेको मूल्यवृद्धि सरकारले गरेको नभइ अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा आएको समस्या र अन्तर्राष्ट्रियस्तरमा भएका युद्धहरूको प्रभावका कारण भएको बताउनुभयो । मन्त्री शर्माले साढे तीन खर्ब रुपैयाँभन्दा बढीको वार्षिक आयातलाई रोक्नका लागि पहिलो वर्षमा ३० प्रतिशत आयात रोक्ने सरकारको नीति रहेको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया