पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियूले देशभर प्रदर्शन गर्दै

काठमाडौँ, ८ असार । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियूले देशभरका सबै क्याम्पस गेटअघि टेप लगाएर विरोध प्रदर्शन गर्ने भएको छ।
सरकारले केही दिनअघि मात्रै पेट्रोलम पदार्थमा एकैपटक २१ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। त्यस्तै, डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। त्यसको विरुद्धमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू ले प्रदर्शन गर्ने भएको हो ।
जसअनुसार अहिले पेट्रोल प्रतिलिटर १९९ र डिजेल मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ।
तपाइँको प्रतिक्रिया