पुरस्कारका लागि निबेदन दिन पत्रकारलाई गृह मन्त्रालयको आग्रह

काठमाडौँ, ८ असार। गृह मन्त्रालयले लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कार दिने भएको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई पुरस्कार दिने भन्दै इच्छुक व्यक्तिलाई समाचारसहित आवेदन पेस गर्न आग्रह गरेको हो ।
पुरस्कारका लागि पत्रकारहरूले आवेदनसहित व्यक्तिगत विवरण, समाचार र कार्यरत संस्थाको सिफारिस पेस गर्नु पर्नेछ । गृह मन्त्रालयले लागुऔषधको क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने तीनजना पत्रकारलाई पुरस्कृत गर्ने बताएको छ।
यसका लागि इच्छुक पत्रकारलाई असार १० गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन गृह मन्त्रालयले सूचना प्रकाशित गरेको हो ।
तपाइँको प्रतिक्रिया