गठबन्धन बैठक : विवादास्पद नागरिकता विधेयक अगाडि बढाउने निर्णय

काठमाडौं, ८ असार ।
सत्तारुढ गठबन्धनको वैठकले संसदमा विचाराधीन विवादास्पद नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा गठवन्धनले सो निर्णय लिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।केही प्रक्रिया पूरा गरेर नागरिकता विधयेक चाँडै संसदमा पेश गरिने उनले जानकारी दिए ।आजको वैठकले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउने विषयमा पनि छलफल भएको थियो । मन्त्रिपरिषद पुनर्गठनबारे भने छलफल नभएको उनले बताए ।
तपाइँको प्रतिक्रिया