सांस्कृतिक सम्पदा संरक्षणमा युवा अभियान सम्बन्धी अभिमुखीकरण

गैँडाकोट, ११ असार । गैंडाकोटमा सांस्कृतिक सम्पदा संरक्षण एवं सम्बद्र्धनमा युवा अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गैँडाकोट–१ स्थित नेपाल राष्ट्रिय शमशेर आर्दश माध्यमिक विद्यालयको सभाहलमा दुईदिनसम्म सञ्चालन भएको कार्यक्रमको शनिबार सम्पन्न भएको हो । कार्यक्रम नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजनामा भएको हो ।
कार्यक्रममा बोल्दै युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा.बाबुराम अधिकारीले नेपालको धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको बताउनुभयो । त्यसको संरक्षणका लागि पछिल्लो पुस्तालाई जागरुक गराउँने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा युनेस्को आयोगका सदस्य दिपक सरकारले हाम्रो देशमा भौतिक र अभौतिक साँस्कृतिक सम्पदाको अवस्था के छ ? त्यसको संरक्षण कसरी गर्ने ? त्यसमा युवापुस्ताले कस्तो भुमिका खेल्नसक्छ भन्ने विषयमा जानकारी गराइएको बताउनुभयो ।
युनेस्कोले शिक्षा, संचार, विज्ञान, सांस्कृतिक, समाज तथा मानव बिकास गरि पाँच क्षेत्रमा काम गर्दै आएको छ ।
दुई दिनसम्म संचालन भएको कार्यक्रममा गैंडाकोट नगर शिक्षा समिति सदस्य केयर सिंह राना मगर, नेपाल राष्ट्रिय शमशेर आदर्श मावीका प्रद्यानाध्यापक इन्द्रराज भट्टराई, नारायणी माविका शिक्षक हिरा हिमाल थापा, जनक नमुना माविका शिक्षक लिलाधर कँडेल, कालिका नमुना माविका शिक्षिका सीतादेवी बस्याल लगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया