नवलपुर–२ बाट चुनाव लड्ने विनोद चौधरीको चाहना

गैँडाकोट, १२ असार ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अब हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नवलपुरबाट प्रत्यक्षतर्फ चुनाव लड्ने मनस्थिति रहेको बताएका छन्। नवलपुर क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ चौधरीले उम्मेदवारी दिने तयारी गरेका हुन् । उनले आफू अब पूर्णकालीन राजनीतिमा सक्रिय भएर लागेको बताएका छन्।
चौधरी नेपाली काँग्रेसबाट सांसद छन्। उनले पूर्णकालीन राजनीतिमा आएको भन्नुको अर्थ सबै उद्योगधन्दा छाड्ने अर्थमा नबुझ्न आग्रह गरे। ०७४ मा नवलपुर २ मा नेकपा एमालेले चुनाव जितेको थियो।
तपाइँको प्रतिक्रिया