सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

सामाजिक चेतनाको अभावमा मानव अधिकार हननका घटनामा कमी आउन सकेन : जिसस प्रमुख विश्वकर्मा

  •  | १४ असार २०७९, मंगलवार १९:१५ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चोरमारा ।

    जिल्ला समन्वय समिति नवलपरासी पूर्व नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले सामाजिक चेतनाको स्तरमा सुधार नआउदा सम्म मानव अधिकार हननका घटनामा कमि नआउने बताउनु भएको छ ।सामाजिक संरचनागत विभेदको कारण मानव अधिकार हननका घटनाहरु बढिरहेको भन्दै उहाँले जातिय तथा लैङ्गिक विभेद अन्त्यका लागि कानुनि शिक्षाको बारेमा आम नागरिक सम्म चेतना पु¥याउनु पर्ने बताउनुभयो ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को पूर्व अर्धवार्षिक समिक्षा कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले मानव अधिकार हननका घटनाहरु धेरै भएपनि कानुनि उपचार र अधिकारको खोजिमा आउने घटना न्यून रहेको बताउनुभयो ।

    नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मानव अधिकार रक्षाका लागि सबै पक्ष क्रियाशिल हुनुपर्ने बताउनुभयो । उहाँले राज्यसंगै सवै सरोकारवालाको सामुहिक प्रायसबाट मात्रै मानव अधिकार रक्षा हुन सक्ने उहाँले बताउनुभयो । उहाँले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार पुस्तक समग्र मानव अधिकारको अवस्था बारे जान्न चाहानेहरुको लागि उपयुक्त पुस्तक रहेको बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रज्वल महर्जनले विगतको वर्षहरुमा प्रहरीहरुबाट मानव अधिकार हनन् भएका घटनाहरु अभिलेखिकरण हुने गरेकोमा यस वर्ष त्यस किसिमका घटना अभिलेखिकरण नभएको भन्दै प्रहरीले मानव अधिकार रक्षाको लागि केन्द्र देखि स्थानीय स्तरसम्म मानव अधिकार शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

    सामाजिक बिकास कार्यालय नवलपरासी पूर्वका प्रमुख ज्ञान प्रसाद भुसालले कार्यालय मार्फत महिला, बालबालिका, जेष्ठ नागरिकहरुलाई सेवा प्रवाह गर्दै आएको बताउनुभयो । उहाँले हिंसा पीडित महिलाहरुको लागि सबै सरोकारवाला निकायहरुले एकजुट भएर काम गर्नु पर्ने बताउनुभयो ।नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले मानव अधिकार रक्षकको रुपमा पत्रकारहरु क्रियाशिल रहेको भन्दै मानव अधिकार हनन्को ग्रामिण अवस्थामा केन्द्रीत बन्न आवश्यक रहेको बताउनु भएको थियो ।

    कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले नवलपरासी (वर्दघाट सुस्ता पूर्व) जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्याजतिका २७ वटा घटना सन् २०२२ जनवरी देखि आज सम्म अनौपचारि क्षेत्र (इन्सेक)ले अभिलेखिकरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष चार जना बालबालिका पीडित भएका छन् । एक जना बालिकाका बलत्कृत भएकी छन्, एक जना बालिकालाई दुव्र्यवहार भएको छ । एक जना बालिकाको आफ्नै आमाले हत्याको प्रयास गरेको र एक जना बालक अप्राकृतिक मैथुन घटनामा पीडित भएको घटना अभिलेखिकरण गरिएको छ ।

    महिला हिंसाका १६ वटा घटना अभिलेखिकरण गर्दा दुई जना महिला बलात्कारको घटनामा पीडित र एक जना महिलालाई बलत्कारको प्रयास भएको छ । यो अवधिमा चार जनाको हत्या भएको घटना अभिलेखिकरण गरिएको छ ।२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नवलपरासी पूर्वमा केही छिटफुट घटना बाहेक शान्ति पूर्ण वातावरणमा सम्पन्न भएको उहाँले बताउनु भयो । उहाँका अनुसार हुप्सेकोट र बौदीकाली गाउँपालिकामा केही झडपको घटनाहरु भएका थिए ।

    उहाँले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा नवलपरासी जिल्लाको अवस्थाको बारेमा जानकारी समेत गराउनुभयो । संविधानले प्रदान गरेको निशुल्क शिक्षा कार्यान्वयन हुन नसकेको, पाठ्यपुस्तक अहिले सम्म विद्यार्थी सम्म नपुगेको, विदालयको भौतिक अवस्था लगायतको विषयमा जानकारी गराउनु भएको थियो ।

    स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनको विषयमा स्थानीय स्तरमा व्यापक गुनासोहरु आउने गरेको भन्दै उहाँले स्वास्थ्य संस्थाबाट प्राप्त हुने निशुल्क औषधीको उपलब्धता र त्यस बारे सर्वसाधरण जानकार नरहेको बताउनुभयो । भूमिको व्यवस्थापनको अभावमा खाद्य र आवासको सवाल देखिएको उहाँले बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेका सदस्य रमेश बस्ताकोटीले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका स्थानीय वन्यजन्तुको कारण निकै सास्ती भोग्नु परेको माछा मार्ने समुदायलाई रोकिएको विषयमा सवाल उठाउनु भएको थियो ।कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन
    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया
    मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत

    ताजा अपडेट

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

    श्रावण २६, काठमाडौं । नेकपा एमालेले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कमिटी...

    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया

    कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा...

    • मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत
    • कांग्रेसको सामाजिक संजालमा रोइलो
    • कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, नयाँ संक्रमित ८१५ जना
    • विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक (भिडियोसहित)

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.