‘जीवनको पाना’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गैँडाकोट, १९ असार । ‘जीवनको पाना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बम कुमार श्रेष्ठको शब्दरचनामा रहेको यस गीतमा बेनिषा पौडेलले स्वर दिएकी छिन् ।
देवेन्द्र पाण्डेको निर्देशनमा निर्मित यस म्युजिक भिडियोमा बेनिषा पौडेल, राजेन्द्र वाग्ले र बाल कलाकार विभूति श्रेष्ठले अभिनय गरेका छन् ।
भिडियोमा गायिका पौडेलले वाल्यकालमा बुबासंग विताएका पललाई मुख्य विषयवस्तु बनाइएको छ । जसमा लामो समयपछि शहरबाट गाउँ फर्किएकी एक युवतीले आफ्ना स्वर्गीय बुबा र बालापनका घटनाहरु सम्झिएको विषयलाई मार्मिक ढङ्गले पस्किएको छ ।
गीतमा सन्तोष श्रेष्ठले सङ्गीत भरेका छन् । श्रेष्ठको आफ्नै अफिसियल युट्युव च्यानल गोल्डेन क्रियसनबाट गीत सार्वजनिक गरिएको हो ।
(भिडियो)
तपाइँको प्रतिक्रिया