बजेटमा दुई–चार घरानाको मात्र अनुहार देखिन्छ : ओली

काठमाडौं , २० असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले संसदीय छानबिन माग गरेका हुन् ।अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई मन्त्रीमाथि केही गर्न नसक्ने अवस्थामा पुगेको हो भनी प्रश्न गरे । ओलीले आर्थिक वर्ष २०७९÷८० के बजेटमा दुई चारवटा घरानाको अनुहार देखिएको टिप्पणी गरेका छन् । उनले बजेट केही घरानाको जस्तो मात्र भएको बताएका हुन् ।
उनले एउटा मन्त्रीमाथि प्रश्न उठ्दा गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बसेको भन्दै आलोचना गरे ।अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो दिनको फुटेज समेत सार्वजनिक नगरेको भन्दै ओलीले आपत्ति जनाए ।बजेटमा अनधिकृत व्यक्तिको प्रवेशको विषयमा एमालेले प्रश्न उठाउँदा अर्थमन्त्रीले धम्कीको भाषा बोलेको भन्दै ओलीले आपत्ति जनाए ।
पूर्वप्रधानमन्त्री ओलीले एमालेले अन्धाधुन्ध आरोप नलगाएको भन्दै छानकिन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आग्रह गरे । ओलीले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको बताए । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका छन् ।
तपाइँको प्रतिक्रिया