सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन चितवनमा ‘रोजगार मेला’ हुने

  •  | २० असार २०७९, सोमबार १६:१६ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चितवन ।

    युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने भएको छ ।
    यहि असार २२ र २३ गते हुने २ दिने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाल लगायतका १ दर्जन संघ संस्थाको आयोजनामा हुन लागेको हो ।

    भरतपुरमा रहेको चितवन प्रर्दशनी केन्द्र ९चितवन एक्सपो सेन्टर० मा हुने मेलाले जिल्लामा न्युन स्तर र मध्यम स्तरको रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामबन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले गरेको छैन । जिल्लामा हुने विकास निर्माणको काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न रोजगार मेला गर्न लागिएको सुवेदीले जानकारी दिनुभयो ।

    भरतपुर महानगरपालिका सभाहलमा भएको मेलाको तयारीबारे पत्रकार सम्मेलनमा प्रमुख प्रसाशकिय अधिकृत सुवेदीले निजी क्षेत्र र विज्ञसँगको छलफलपछि मेला आयोजना गर्न लागिएको प्रष्ट पार्नुभयो ।चितवन पोल्ट्री, दूध, माछा, केरा लगायतका कृषि उत्पादनमा आत्मनिर्भर छ । त्यस्तै होटल, विभिन्न उद्योगमा ठूलो संख्यामा कामदारको माग भएपनि भारत लगायत तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता छ ।मेलाले रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको दुरी नजिक बनाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको जनाइएको छ ।

    वैदेशिक रोजगारीमा जान चाहानेलाई सीपमूलक तालीम दिने, पालिकाहरुमा हुने विकास निर्माणमा जनशक्ति उत्पादन गरी सिजनल रोजगारी दिने तथा विभिन्न संघ संस्थामा आवश्यक पर्ने कामदारको मागलाई पुरा गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
    मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङक संकलन गर्ने, मेला अवधिभर २०० जनालाई आवश्यक संघ संस्थामा रोजगारी दिने, सीप र तालीमबारे जानकारी दिईने कार्यक्रमका फोकल पर्सन आमोद सुवेदीले जानकारी दिनुभयो ।

    मेलामा ६० वटा स्टल रहने छ । जिल्लाका ७ वटा पालिका, जब लिङ्क तथा सेन्टर, उद्योग तथा तालीम केन्द्रहरुको स्टल रहने आयोजकले जनाएको छ । मेलामा संकलन गरिएको तथ्याङकलाई अनलाईबाटै जानकारी लिन मिल्ने गरी राखिने प्रमुख प्रसाशकिय अधिकृत सुवेदीले बताउनुभयो । मेला अवलोकन गर्न कुनै शूल्क नलाग्ने आयोजकले जानकारी दिएको छ । दुई दिनसम्म चल्ने मेला १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन
    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया
    मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत

    ताजा अपडेट

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

    श्रावण २६, काठमाडौं । नेकपा एमालेले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कमिटी...

    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया

    कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा...

    • मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत
    • कांग्रेसको सामाजिक संजालमा रोइलो
    • कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, नयाँ संक्रमित ८१५ जना
    • विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक (भिडियोसहित)

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.