सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

सरकारलाई आयल निगमको पत्र : पैसा नभएर इन्धन आपूर्ति रोकिन सक्छ

  •  | २० असार २०७९, सोमबार १८:०२ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • काठमाडौं, २० असार ।

    नेपाल आयल निगमले पैसा नभएर इन्धन आपूर्ति रोकिन सक्ने भन्दै प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण गराएको छ । घाटा चुलिएर थेग्नै नसक्ने अवस्था पुगेको निगमले जनाएको हो । सोमबार दुवै निकायमा पत्राचार गर्दै निगमले आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।

    निगमका कार्यकारी उमेश प्रसाद थानीले लेखेको पत्रमा भनिएको छ ‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ ।’ चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै पत्रमा भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि उल्लेख गरेको छ ।

    निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने उपाय अघि सारेको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । जसमा एउटा उपाय यस्ता सवारी साधनलाई कम पेट्रोलियम पदार्थ दिने पनि उल्लेख छ ।

    ‘मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई २० लिटर बढीमा एक पटकमा मात्रै इनधन दिन आग्रह गरिएको छ,’ प्रवक्ता उपाध्ययले भने, ‘यसबाहेक शनिबार देशका प्रमुख शहरमा सवारी साधन निषेध गर्न लगायतका १० वटा सुझाव सरकारलाई पेश गरेका छौं ।’

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन
    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया
    मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत

    ताजा अपडेट

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

    श्रावण २६, काठमाडौं । नेकपा एमालेले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कमिटी...

    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया

    कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा...

    • मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत
    • कांग्रेसको सामाजिक संजालमा रोइलो
    • कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, नयाँ संक्रमित ८१५ जना
    • विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक (भिडियोसहित)

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.