कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सुरु

काठमाडौं, २१ असार ।
कक्षा १२ को विद्यार्थीको उत्तरपुस्तिकाको परीक्षण सुरु गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोडिङ सकेर परीक्षण सुरु गरेको जानकारी दिए ।
उनले भने ‘भर्खर कोडिङ सकेर परीक्षण थालिएको छ । कहिले सकिन्छ भनेर अहिले नै भन्न छिटो हुन्छ । जिल्ला जिल्लामा भएका परीक्षण केन्द्रमा परीक्षण भईरहेको उनको भनाई छ । सकेसम्म चाँडो नतिजा सार्वजनिक गर्ने नियन्त्रक शर्माले बताए ।
कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको थियो ।
तपाइँको प्रतिक्रिया