गठबन्धन सरकार तुरुन्त हटोस्, १ वर्षमा एउटा राम्रो काम गरेन : ओली

२४ असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस हुती नभएको पार्टी भएको आरोप लगाएका छन् । शुक्रबार छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए उनलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने ठोकुवा गरे ।
माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले हतियार उठाउन परेको कारण अहिलेसम्म दिन नसकेको बताए । ओलीले वर्तमान सरकारले देशको ढुकुटीभित्रै बसेर लुटपाट मच्चाएको आरोप लगाएका छन् । ओलीले वर्तमान सरकार नराम्रा कामहरुको थुप्रो भएको आरोप लगाएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकार अबिलम्ब हट्नुपर्ने ओली बताए ।
सरकार आफैं नहटे जनताले टिपेर मिल्काउने अवस्था आउनसक्ने ओलीले चेतावनी दिए ।जनआन्दोलन २ को अन्तिम दिन बैशाख ११ मा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्वोधनको ड्राफ्ट आफूले तयार गरेको ओलीले दाबी गरे ।
तपाइँको प्रतिक्रिया