अमेरिका भाग्ने कोसिसमा थिए श्रीलंकाका राष्ट्रपतिका भाइ, विमानस्थलका कर्मचारीको रिस देखेपछि फर्किए

काठमाडौं, २८ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ बासिल राजापाक्षे सोमबार श्रीलंकाको कोकोहोलोबाट बच्नका लागि अमेरिका जान खोजिरहेका थिए तर विमानस्थलमा अध्यागमन कर्मचारीको विरोधपछि उनी फर्कनुपरेको थियो । एकातिर जहाँ सर्वसाधारणलाई अन्नको एउटा–एउटा दाना पनि महत्वपूर्ण छ, अर्कोतर्फ बासिलले अमेरिका जानका लागि १.१३ लाख श्रीलंकाली भारुमा बिजनेस क्लासको चारवटा टिकट खरिद गरेका थिए ।
यस्तै, अर्कोतर्फ श्रीलंकाको प्रमुख विपक्षी पार्टी समागी जाना बालवेगया (एसजेबी) का प्रमुख सजित प्रेमदासा श्रीलंकाको अन्तरिम राष्ट्रपति बनाइएका छन् । एसजेबीले सोमबार निर्विवादित रुपमा प्रेमदासलाई अन्तरिम राष्ट्रपतिको पदका लागि नामांकन गरे । श्रीलंकामा राष्ट्रपति चुनाव २० जुलाईमा हुँदैछ । यसअघि गोटबायाले १३ जुलाईमा राजीनामा दिनेछन् र १५ जुलाईमा संसदको सत्र बोलाइनेछ । एजेन्सी
तपाइँको प्रतिक्रिया