सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

भरतपुरमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई १० हजार छात्रवृति

  •  | ३१ असार २०७९, शुक्रबार १८:३६ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चितवन, ३१ असार ।

    भरतपुर महानगरपालिकाले वार्षिक कार्यक्रम अनुसार प्राविधिक उच्च शिक्षा स्नातक र स्नाकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति वितरण गरेको छ ।शुक्रबार भरतपुर महानगर सभाहलमा एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा चेक विद्यार्थी एवम् अभिभावकलाई हस्तान्तरण गर्नुभयो । छात्रवृति कार्यक्रममा छनोट भएका छात्रछात्राहरुले एक वर्षको लागि १० हजार रुपैयाँ पाएका छन् ।

    महानगरले छात्रवृति पाउन पाँच वटा सीमा निर्धारण गरेको थियो । छात्रवृत्ति पाउन अपाङगता, लोपोन्मुख, अतिसिमान्तकृत, दलित तथा सहिद परिवारका विद्यार्थी हुनुपर्ने प्रवाधान थियो ।यस अन्तरगत नगर विकास योजनाको आर्थिक वर्ष ०७८÷०७९ स्वीकृत वार्षिक कार्यक्रममा भरतपुर महानगरपालिकाभित्र स्थाई बसोबास गर्ने ८ जना विद्यार्थी छनोट भई छात्रवृति पाएका छन् ।

    महानगरले प्रमाणपत्र तहमा ६ सय ९२ जना विद्यार्थीहरुलाई छात्रवृति दिदै आइरहेको भएपनि यस वर्षदेखि उच्च शिक्षा अध्धयन गर्ने विद्यार्थीलाई लक्ष्ति गरी यो कार्यक्रम लागू गरिएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।भरतपुरको शिक्षा विकासलाई थप अगाडि बढाउन उच्च शिक्षा पढ्ने विद्यार्थीलाई प्रोत्सहान गर्न यो कार्यक्रम लागू गरिएको मेयर दाहालको भनाई छ । यो कार्यक्रम आगमी वर्ष पनि निरन्तरता पाउने मेयर दाहालले जानकारी दिनुभयो ।

    महानगरपालिकाले यो छात्रवृति ५० जनालाई दिने व्यवस्था गरेपनि ८ जनाले मात्रै छनोट भएका छन् । यो पहिलो वर्ष भएकाले सबै विद्यार्थीलाई छात्रवृतिबारे जानकारी नभएको हुन सक्ने भरतपुर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।यस वर्ष छनोट भएकाले वर्षेनी नियमति क्याम्पसमा अध्ययन गरी रहेको कागजात बुझाएर छात्रवृति नविकरण गर्नु पर्ने प्रमुख पौडेलले जानकारी दिनुभयो ।महानगरले आगामी वर्ष ५० जनालाई छात्रवृति दिने गरी कार्यविधि संशोधन गर्ने पनि जनाएको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.