पत्रकारमाथि कुटपिट गर्ने विद्युतका सात कर्मचारी प्रहरी नियन्त्रणमा

भरतपुर ।
पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गर्ने विद्युत प्राधिकरणका सात कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा शुक्रबार साँझ रिपोर्टिङका लागि पुगेका पत्रकार आचार्यमाथि मदिरामा लठ्ठिएका कर्मचारीले कुटपिट गरेका थिए ।
कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले सांघातिक आक्रमण गरेका हुन् । उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए।
कुटपिटमा संलग्न कर्मचारीविरुद्ध पत्रकार आचार्यको परिवारले किटानी जाहेरी दिने तयारी गरेको छ । आचार्य नारायणी अनलाईनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक हुन् ।
तपाइँको प्रतिक्रिया