वाम गठबन्धनबारे ओलीको बोली- वामपन्थी हौ भने पहिले कांग्रेसको पुच्छर छाडेर आऊ

काठमाडौं, ३२ असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता र तालमेल चाहनेहरुले कांग्रेसको पुच्छर हुन छाडेर आउँन चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नारायणकाजी श्रेष्ठले ओलीलाई वाम एकताको पहल गर्न आग्रह गरेपछि उनले त्यसका लागि गठबन्धन छाडेर आउँन आग्रह गरे ।
ओलीले भने– यदि कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न,गठबन्धन छाड्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउँन आग्रह गर्छु । चौंरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने रु कम्युनिस्ट सरकार ढालेर कांग्रेस सरकार बनाउँन अदालतमा मद्दा हाल्न गएको होइन वामपन्थी रु कम्युनिस्ट सरकार ढालेर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउँन संसदबाट सकेनौं त्यसैले परमादेश जारी गरिपाउँ भनेर गएको होइन वामपन्थी ?
ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको बताएका छन् । उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले उत्तरतिर पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफू दुवैपटक सत्ताच्युत भएको दावी गरे ।
तपाइँको प्रतिक्रिया