सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

नवलपुरमा एक महिनाको अवधिमा पाँच हजार ५ सय २२ नयाँ मतदाता

  •  | ३ श्रावण २०७९, मंगलवार १८:४७ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • नवलपुर, ३ साउन ।

    नवलपरासी पूर्वनवलपुरमा  एक महिनाको अवधिमा पाँच हजार ५ सय २२ जना नयाँ मतदाता थपिएका छन् ।जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वका कार्यालय प्रमुख लाल प्रसाद भुसालका अनुसार जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा गरेर गत असार महिनामा मात्रै पाँच हजार ५ सय २२ जना नयाँ मतदाता थपिएको जानकारी दिनुभयो ।

    जसमध्ये महिला दुई हजार ६ सय ५८ र दुई हजार ५ सय ६४ जना पुरुष रहेको भुसालले जानकारी दिनुभयो । दुई हजार ८ सय २१ जनाले निर्वाचन कार्यालय र दुई हजार ४ सय एक जनाले प्रशासनबाट नयाँ मतदाता नामावली बनाएका हुन् ।

    नामावली सच्चाउनेको संख्या ७४ , नामावली सार्नेको संख्या ५८७ र अध्यावधिक गर्नेको संख्या ६६१ रहेको छ ।
    यसैबीच विगत एक हप्तादेखि जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली बनाउनेको संख्या ह्वात्तै बढेको छ । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सरकारले असार एक गतेदेखि सुरु गरेको थियो । सुरुका दिनमा सेवाग्राही खासै आएका थिएनन् । तर असार अन्तिमतिर आएर सेवाग्राहीको संख्या ह्वात्तै बढेपछि कार्यालयलाई सेवा दिन समेत हम्मे हम्मे परेको छ । जिल्लाको पहाडी तथा ग्रामिण भेगबाट गाडी नै रिजर्ब गरेर मतदाता नामावली दर्ता गर्न ओने गरेका छन् । सेवाग्राहीले घण्टौँसम्म कुर्नुपरेको गुनासो गरेका छन् ।

    मतदाता नामावली संकलन कार्यक्रम अन्तरगत नयाँ मतदाताको नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सकिन्छ । तर अहिले कार्यालयमा आएका अधिकाशं नयाँ मतदाता रहेको कार्यालय प्रमुख भुसालको भनाई छ । सरकारले आउदो मंसिरमा निर्वाचन गर्ने तयारी गरेको छ । जसलाई लक्षित गरेर मतदाता नामावली संकलन कार्यक्रम संचालन भएको हो । निर्वाचन घोषणा हुन अघिसम्म यो कार्यक्रम सञ्चालन हुने भुसालले जानकारी दिनुभयो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.