कांग्रेसको निर्णयले झस्काएको छ, फेरि नेकपा ब्युँतिन सक्छः माधव नेपाल

काठमान्डौँ, ६ साउन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा ब्युँतिन सक्ने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयबाट आफूहरू झस्केको बताउदै उहाँले नेकपा ब्युँतिन सक्ने बताएका हुन् ।कांग्रेसको गत सोमबार सकिएको केन्द्रीय समिति बैठकले आफ्नै नेतृत्वमा पाँच वर्ष बहुमतको सरकार बनाउने गरी अहिलेको सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।
कांग्रेसको यही निर्णयले आफूहरू झस्केको अध्यक्ष नेपाल बताए । कांग्रेसले अरू दलको पनि अस्तित्व र आधार स्वीकार गरेर जाला भन्ने आशा राखे पनि केन्द्रीय समितिको निर्णयले त्यस्तो आशा राख्ने ठाउँ नदेखिएको नेपालको भनाई छ ।उनले तत्कालीन नेकपाका पाँच जना सचिवालय सदस्यबीच छलफल पनि अघि बढेको प्रसंग निकालेका थिए।उनले कांग्रेसले एक्लाएक्लै उठ्दा धेरै सिट जितिने सोचे पनि राजनीतिमा त्यस्तो नहुने बताएका थिए। कांग्रेसको निर्णयबाट झस्कने अवस्था सिर्जना भएको अध्यक्ष नेपाल बताउँछन्।
नेपालको राजनीतिमा आफ्नो भूमिकाको खोजी गर्न तत्कालीन नेकपाका पाँच सचिवालय सदस्य बैठक बसेको उनले बताए। नेकपाले अलम्बन गरेका विचार र धारणा २१ औं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादका मूल मर्म र भावनालाई सम्मान र आत्मसाथ गर्ने भन्नेबारे प्रश्न उठे पनि त्यसतर्फ भने आफूहरूले छलफल सुरू गरिनसकेको उनले बताए।उनले नेपालका कम्युनिष्ट र वामशक्तिलाई एकता गर्ने जिम्मेवारी आफूहरूको रहेको बताएका छन्। चुनाव आइसकेकोले छिटो यसबारे छलफल गर्नुपर्नेमा अध्यक्ष नेपाल छन्।
तपाइँको प्रतिक्रिया