सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

देवचुलीमा युवा खेलाडीहरुसँग अन्तरक्रिया, खेलमैदान नहुँदा खेलाडी ओझेलमा

  •  | ६ श्रावण २०७९, शुक्रबार १८:३० , प्रकाशीत
  • Published By: Mukundasen Online
  • देवचुली, ६ असार ।

    युवा तथा खेलकुद सम्बन्धी देवचुलीका युवा खेलाडीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार देवचुली २ सिजी अगाडि सेन्ट्रल गेष्ट हाउसमा प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा देवचुलीमा खेलकुद सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका सचिव बद्रिनाथ अधिकारीले प्रदेशमा खेलकुदको विकास र विस्तारको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले युवाहरुको चौतर्फी विकासका लागि मन्त्रालय खडा भएको बताउँदै युवा स्वरोजगारका लागि पनि कार्यक्रमहरु ल्याएको बताउनुभएको थियो । अधिकारीले प्रदेशले खेलकुद क्षेत्रमा आवश्यक बजेट विनियोजन गरेकाले भविष्यमा खेल प्रति चासो राख्ने खेलाडीलाई बढि प्राथमिकता दिने बताउनुभएको थियो ।

    अन्तरिक्रया कार्यक्रममा उपस्थित देवचुलीका खेलाडीहरुले व्यवस्थित खेलमैदान नहुँदा खेलाडी ओझेलमा परेको गुनासो गरेका थिए । खेल क्षेत्रमा प्रदेशले बजेट विनियोजन गरेपनि भ्रष्टचारले गर्दा खेलाडी सधै पछाडी पर्ने गरेको बताएका थिए । प्रदेश सरकारले बेला–बेला अनुगमन गरि खेलाडीको समस्यालाई समाधान गर्न खेलाडीले निर्देशन गरेका थिए ।

    कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका समाजसेवि कृष्णप्रसाद गैरेले खेलाडी देशको गहना रहेको बताउँदै खेलाडीलाई प्रोत्साहन गर्न राज्यले सम्मान गर्नुपर्ने बताउनुभएको थियो । उहाँले देवचुली नगरपालिकामा थुप्रै खेलाडी रहेकाले खेलाडीको हक हितका लागि प्रदेशले ध्यानकर्षण गर्नुपर्ने बताउनुभएको थियो । देवचुली नगरपालिकामा खेल क्षेत्रमा गर्न सकिने विभिन्न कार्यक्रमको विषयमा छलफल गरिएको थियो ।

    कार्यक्रममा खेलाडी सलिना सारु, असीम सुस्लिम, सुनिल थापा, नविन चौधरी, कविता विक, रेफरी जीत बहादुर तामाङ्ग, शुक बहादुर तामाङ्ग लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका लेखा अधिकृत लाल प्रसाद आचार्यले गर्नुभएको थियो । खेलाडीहरुलाई प्रोत्साहन गण्डकी प्रदेशका सचिव बद्रिनाथ अधिकारीले बल हस्तान्तरण समेत गर्नुभएको थियो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन
    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया
    मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत

    ताजा अपडेट

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

    श्रावण २६, काठमाडौं । नेकपा एमालेले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कमिटी...

    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया

    कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा...

    • मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत
    • कांग्रेसको सामाजिक संजालमा रोइलो
    • कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, नयाँ संक्रमित ८१५ जना
    • विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक (भिडियोसहित)

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.