गैँडाकोटमा सर्प एवम् सर्पदंश बारे सचेतना कार्यक्रम सम्पन्न

गैँडाकोट, ७ साउन ।
सर्प एवम् सर्पदंश बारे सचेतना कार्यक्रम शनिबार गैँडाकोट ५ र ६ का नागरिकहरुलाई प्रदान गरिएको छ । लियो क्लव अफ गैँडाकोट मौलाकालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी रत्नप्रसाद सापकोटाले सचेतनाका लागि सर्पदंशसंम्बन्धि कार्यक्रम गरिएको प्रति खुसि व्यक्त गर्नु भयो । व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएका सापकोटाले सर्पको टोकाईबाट बच्नको लागि गरिने स्वास्थ्य सचेतना जस्ता कार्यक्रम सम्पन्न गर्नका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।कार्यक्रममा बोल्दै वडा नम्बर २ का प्रकाश सापकोटाले मानव जिवन प्रकृतिमा निर्भर रहेको बताउनु भयो । सापकोटाले प्रकृतिमा रहेका जिवजन्तुरहेको टोकाइबाट बच्न सधेै सचेत रहनु पर्ने बताउनु भयो।
कार्यक्रममा स्नेक रेस्क्यु एण्ट रिसर्च अश्विन ओझा र बाताबरण विज्ञ अन्जली थपलियाले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा बोल्दै स्नेक रेस्क्यु एण्ट रिसर्च अश्विन ओझाले सबै सर्प विशालु नहुने बताउदै सर्पले टोकेमा तुरुन्त अस्पताल जानु पर्ने बताउनु भयो । उहाँले सर्प बातावरण संरक्षणका लागि महत्वपुर्ण मानिने बताउदै आफ्ना घर वरपर सर्प देखिए नमार्न बरु उद्धारका लागि रेस्क्यु एण्ट रिसर्च टिमलाई खवर गर्न आग्रह गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै अध्यक्ष लियो क्लव अफ गैँडाकोट मौलाकालिकाका अध्यक्ष लियो सरोज कंडेलले सर्पबाट बच्नको लागि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा शुुभकामना मन्तव्य सगरमाथा टोलविकास सस्थाका अध्यक्ष गणेश पौडेलले बर्खामास सर्पको जोखिम हुने भन्दै सचेत रहन आग्रह गर्नु भएको थियो ।कार्यक्रमको सञ्चालन पुर्व अध्यक्ष लियो प्रदिप सापकोटाले गर्नु भएको थियो । कार्यक्रममा गैँडाकोट ५ का पुर्व वडा नवलराज कंडेल, गोर्खा वारियर्स ट्रनिङ सेन्टरका संचालक रामकाजी पाण्डे, निवर्तमान अध्यक्ष लियो ढाकाराम ढकाल, कार्यक्रम संयोजक लियो रितु शर्मा लगाएतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य लियो क्षितिज कंडेलले राख्नु भएको कार्यक्रम लियो क्लव अफ गैँडाकोट मौलाकालिकाका अध्यक्ष लियो सरोज कंडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया