सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

नवलपुरमा ८५ प्रतिशत धान रोपाइ सम्पन्न

  •  | ८ श्रावण २०७९, आईतवार १५:०६ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • कावासोती,८ साउन ।

    नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । जिल्लाको तल्लो क्षेत्र गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट, विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । पहाडी क्षेत्रमा पर्ने बौदिकाली, बुलिङटारमा भने सरदर कम रोपाइँ भएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

    असार मसान्तसम्ममा सबै क्षेत्रमा रोपाइँ ९० प्रतिशत कट्नुपर्ने भए पनि असारमा पानी कम परेका कारणसमेत रोपाइँ ढिलो भएको छ । कतिपय चैतेधान लगाएका, मकै लगाएका किसानले अब बल्ल रोपाइँको तयारी गरेको उहाँले बताउनुभयो । साउन १५ गतेसम्ममा जिल्लामा रोपाइँ सकिने उहाँको भनाइ छ ।

    “धेरैजसो किसानले धान रोपाइँ सकेका छन्, चैते धान लगाएका, मकै लगाएका किसान भने अब रोपाइँको तयारीमा छन्”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “साउन १५ सम्म नवलपुरमा लगभग रोपाइँ सकिन्छ ।” नवलपुरमा शतप्रतिशत धान रोपाइँ हुने अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

    धान लगाउने समय अझै बाँकी रहेकाले शतप्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान गरिएको उहाँले बताउनुभयो । जिल्लामा स्थानीय जातका धान सावित्री, सावा, रामधान बढी मात्रामा लगाइएको सूचना अधिकारी पौडेलले बताउनुभयो । केही मात्रामा हाइब्रिड धानसमेत लगाइएको उहाँले जानकारी दिनुभयो ।

    गतवर्ष बीउका कारण कतिपय धानमा बाला नलागेकाले समस्या परेकाले अहिले बीउ छर्ने सिजनमा नै एग्रोभेटलाई सूचीकृत नभएका धान बिक्री वितरण नगर्न भनिएकाले यस पटक त्यस्तो समस्या नआउने सूचना अधिकारी पौडेलले बताउनुभयो ।

    “बीउका कारण कहिलेकाहीँ धान उत्पादनको समयमा बाला नलाग्ने लगायतका समस्यादेखिने गर्दछ, त्यस्तो नहोस् भन्नका लागि हामीले जिल्लाका एग्रोभेटलाई सूचीकृत नभएका बीउबिक्री नगर्न सचेत गराएका थियौँ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “अहिले बीउका कारणले उत्पादनमा समस्या पर्दैन ।” नवलपुरको तल्लो क्षेत्र गैँडाकोट, अमरापुरी, हर्कपुर, रजहर, दलदले, कावासोतीको पिठौँली, अग्यौली, मध्यविन्दु ,कोल्हुवा, क्षेत्रमा धेरै धानखेती लगाउने गरिन्छ । नवलपुरमा १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाउने गरिन्छ ।रासस

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.