मध्यविन्दुका विष्णु प्रसादको खोजी गरिदिन आग्रह

कावासोती नवलपुरको मध्यविन्दु नगरपालिका आठ निवासी २९ वर्षका विष्णु प्रसाद पाण्डेको खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।हिजो ( आईतबार ) बिहान घरबाट निस्किएपछि सम्पर्कमा नआएको हुँदा उहाँको खाजीमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । उहाँका दाजु दामोदर पाण्डेका अनुसार उहाँ मानसिक रोगी हुनुहुन्छ , कोही कसैले कुरा गरेमा सोधपुछ गरेमा बोलि पनि हाल्ने गर्नुहुन्छ नभए कोही कसैसंग पनि बोल्नुहुँदैन् । उहाँले मानसिक रोगको औषधी समेत सेवन गर्दै आउनुभएको छ । उहाँको एकोहोरो हिडिरहने बानी छ ।
हिजो चोरामारबाट कावासोती तर्फ आएको जानकारी पाएको दाई दामोदरको भनाई छ । खोजतलास गर्दा फेला नपाएपछि आज प्रहरी चौकी चोरमारामा खोजी गर्न निवेदन दिएको दाजु दामोदरले जानकारी दिनुभएको छ । कोही कसैले फेला पारेमा ९८४६९६२०६७ , ९८४७४८३०८३ मा सम्पर्क गरिदिनु आग्रह गर्नुभएको छ ।
तपाइँको प्रतिक्रिया