सेन्ट्रल कलेजले घोषणा गर्यो विशेष छुट प्याकेज

चितवन, ९ साउन ।
चितवनको भरतपुरमा अवस्थित सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा. ली. ले विशेष छुट प्याकेज घोषणा गरेको छ । प्याकेजमा बिदेश अध्ययनमा जान चाहाने विद्यार्थीलाई विशेष सहुलियत दिने उल्लेख छ । बिगत १२ बर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको कलेजले प्रेसमार्ग शहिदचोकमा मुख्य कार्यालय बनाई अन्य सम्पर्क कार्यालयका रुपमा सौराहाचोक, पर्सा, चितवन तथा कावासोती नवलपुरमा स्थापना कालदेखिनै जापानमा विद्यार्थी पठाउँदै आएको थियो । पछिल्लो समय सेन्ट्रल कलेजले अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, यूरोप, दक्षिण कोरिया लगायतका देशमा विद्यार्थी अध्ययनका लागि शैक्षिक परामर्श र अन्य भिजा प्रोसेसिङका काम गर्न थालेको छ।
आज पत्रकार सम्मेलन गरी कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले बाइबीले अध्ययनका लागि विभिन्न देशमा जान चाहाने दलित,जनजाती र पछाडि परेको समुदायलाई बिशेष छुट दिने घोषणा गर्नुभएको हो । यस्तै महिला विद्यार्थी र बाहिरी जिल्लाबाट चितवन, नवलपुरमा आएर डेरा गरी बस्ने विद्यार्थीलाई पनि सहुलियत प्रदान गरिने उहाँको भनाइ छ ।कलेजले जापान, कोरिया लगायत अन्य देशहरुमा वर्कीङ भिषा तथा अन्य भिषामा जान चाहनेहरुका लागि पनि आवश्यक भाषा तथा तालिम सञ्चालन गरिरहेको छ ।
२०१० सालमा दर्ता भएर संचालन भएको कलेजले शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त गरेर सुरुवातका दिनमा होटल, इलेक्ट्रोनिक्स, कम्प्युटर लगायतका तालिम समेत प्रदान गर्ने कलेजले हालसम्म भने सयौं विद्यार्थीलाई विभिन्न देशहरुमा अध्ययन का लागि पठाइसकेको छ ।कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई, टोफल लगायतका भाषा कक्षाहरु संचालन गर्दै आइरहेको छ । कलेजले चितवन, नवलपुर, तनहुँ लगायतका जिल्लामा सामाजिक, कामहरु पनि निरन्तर गर्दै आइरहेको र विशेषगरी फुटबलको क्षेत्रमा योगदान रहेको छ ।
खेलकुद, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा योगदान दिंदै आएको कलेजले रक्तदान, लागु पदार्थ दुर्व्यसनी विरुद्धका अभियान, ट्राफिक, जनचेतना, कलेज तथा स्कुलका विद्यार्थी सँग सम्बन्धि वक्तित्वकला, फेरवयल कार्यक्रम, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्लवहरु सँग मिलेर व्यक्तित्व तथा नेतृत्व विकासका कार्यहरु जस्ता कार्यक्रमहरुमा सेन्ट्रल कलेजले अग्रसर भएर काम गरिरहेको छ । विशेषगरी खेल क्षेत्रमा विशेष योगदान पुर्याएको कलेजले विदेश अध्ययन गर्न जान चाहाने खेलाडीहरुलाई पनि बिशेष छुट प्रदान गर्ने घोषणा गरेको छ ।
नेपालका विभिन्न जिल्लामा शाखा रहेको सेन्ट्रल कलेजले जापानको नागोया सिटीमा सम्पर्क कार्यालय खोलिसकेको छ । एक महिनाभित्र टोकियो, ओसाका र फुकुवामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको पौलेलले जानकारी दिनुभयो । त्यसरी स्थापना भएका सम्पर्क कार्यालयले यहाँबाट गएका विद्यार्थीलाई आवश्यक सहयोग गर्नेछन् ।
तपाइँको प्रतिक्रिया