कावासोतीमा जलवायु परिवर्तन विषयमा बहस, बनाईयो कार्ययोजना

कावासोती, १० साउन ।
जलवायु परिवर्तन सम्बन्धी बहस कार्यक्रम मंगलबार कावासोतीमा भएको छ । जिल्लाको कावासोती , मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाभित्रका युवा क्लब , स्थानीय विपद व्यवस्थापन समितिका प्रतिनिधि , सरोकारवाला लगायतको सहभागितामा कार्यक्रम भएको हो । असल छिमेकी नेपाल पोखराको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा जलवायु विज्ञ रेबिका गुरुङले आफ्नो प्रस्तुती राख्दै जलवायु परिवर्तन हुनुको कारण , असर र न्यूनिकरणका उपाय लगायतका बारेमा जानकारी गराउनुभएको थियो । जलवायु परिवर्तन हुने क्रियाकलाप स्थानीय स्तरमा के कस्ता भइरहेका छन् ? त्यसलाई रोक्नका लागि सहभागिबाट के कस्ता कृयाकलाप गर्न सकिन्छ ? जलवायु परिवर्तनले पारेको प्रभावलाई न्यूनिकरण गर्न सहभागीहरूले के के काम गर्ने त ? भन्ने विषय समेत कार्ययोजना समेत तयार पारिएको छ । समूहगत रुपमा तयार पारिएको कार्ययोजनामा जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न फोहोर व्यवस्थापन गर्ने , कृषिमा हुने अत्याधिक विषादी प्रयोग कम गर्ने , वृक्षरोपण गर्ने मुख्य विषय समावेश गरिएको छ ।
सहभागीहरूले कार्ययोजनामा राखेका कामलाई समुदायसम्म पु¥याउन समन्वय गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले जलवायु परिवर्तनको बहस नेपालमा मात्र नभई अन्तराष्ट्रिय समुदायमा समेत रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तन न्यूनिकरण गर्न सरोकारवालाले सचेतना सँगसँगै रोकथामका काम गर्नुपर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तन किन हुन्छ ? यसबाट पर्ने असर र न्यूनिकरणका उपायका बारेमा समुदायमा सचेतनाको काम गर्न सहभागीलाई अनुरोध गर्नुभयो । समुदायमा रचनात्मक काम गरेर जलवायु पहिर्यो रोक्न सिकेका कुरालाई व्यवहारमा लागू गर्न उहाँले आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै गैर सरकारी संस्था नवलपुरका अध्यक्ष बद्री नेपालले जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न यस्ता सचेतनाका कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । उहाँले समुदायमा जलवायु परिवर्तन सम्बन्धी सचेतना सँगै न्यूनिकरणका काम गर्न सम्बन्धित पक्ष एक भएर लाग्न जरुरी रहेको बताउनुभयो ।कार्यक्रममा असल छिमेकी नेपालका एरिया इन्चार्ज पुरन सोतीले सहजीकरण गर्नुभएको थियो ।
उहाँले संस्थाले विपद व्यवस्थापनसँग सम्बन्धित रहेर विभिन्न तालिम , सचेतनाको काम गर्दै आएको बताउनुभयो । जिल्लाको विभिन्न पालिकाहरूमा विपद न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गरेको बताउँदै उहाँले जलवायु परिवर्तनकै कारण विपद आउने हुँदा बहस कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो । खुस्मलाल खातीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
तपाइँको प्रतिक्रिया