सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

राष्ट्रिय जनमोर्चा नवलपुरद्धारा नागरिकता विधयकको विरोध, रैथाने नागरिक अल्पमतमा पर्ने चिन्ता

  •  | १० श्रावण २०७९, मंगलवार १९:१४ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • गैँडाकोट, १० साउन ।

    संसदबाट पारित भएको नागरिकता विधयकको विरोधमा राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला कमिटीले मंगलबार गैंडाकोटको भृकुटीचोकमा कोणसभा सम्पन्न गरेको छ । संसदबाट पारित नागरिकता विधयेक राष्ट्रघाती भएको ठहर गर्दै राष्ट्रिय जनमोर्चा नवलपुरले विरोध कार्यक्रमको आयोजना गरेको हो ।संसदले पारित गरेको नागरिकता विधयकले नेपालभित्रकै रैथाने नेपाली नागरिकहरु अल्पमतमा पर्ने खतरा उत्पन्न भएकाले नागरिकता विधेयकको बिरोध गर्नुपरेको राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दिपक पाण्डेले बताउनु भयो । उहाँले विदेशी हस्तक्षेपको प्रभावले नागरिकता विधेयक पारित भएको दाबी गर्नुभयो ।

    कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का कार्यवाहक महासचिव शालिकराम सापकोटाले ठूला दलहरुबाट एमसिसी पासपछि अर्को नागरिकता विधेयक पारित गरेर राष्ट्रघात भएको बताउनु भयो ।राष्ट्रिय जनमोर्चाका पूर्वसचिव कृष्ण अधिकारीले नागरिकताजस्तो संवेदनशील विषयमा संसदमा मतदान प्रकृयामा जाँदा ध्वनि मतका आधारमा विधेयक पारित गरिनु गलत भएको बताउनु भयो ।

    यस्तो कार्यले संविधानको मर्ममा प्रहार गर्ने काम भएको उहाँको भनाइ थियो ।संसदमा पहिले दर्ता भएको नागरिकता संशोधन विधेयक फिर्ता लिएर पुनः नयाँ विधेयक प्रस्तुत गरी पारित गर्नुले सरकारको नियत ठीक नदेखिएको भन्दै केही साना दलहरुले नागरिकता विधेयकको विरोध गर्दै आएका छन् ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.