अक्षर समूह चितवनको अध्यक्षमा रमेश प्रभात

भरतपुर, १४ साउन ।
अक्षर समूह चितवनको अध्यक्षमा रमेश प्रभात चयन भएका छन् । समूहको शनिबार गैंडाकोटमा सम्पन्न पाँचौँ अधिवेशनले प्रभातको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ ।
नय गठित समितिको सचिवमा लेखराम सापकोटा, कोषाध्यक्षमा लक्ष्मी घिमिरे साथै सदस्यहरुमा उदय अधिकारी, डाक्टर एकनारायण पौडेल, अजिता अधिकारी र सूर्यप्रकाश कँडेल चुनिएका छन् ।सर्वसम्मत चयन भएको समितिका सबै पदाधिकारीलाई निवर्तमान अध्यक्ष प्रभाकर पण्डितले टीका र खादाले स्वागत गरेका थिए । कार्यक्रममा अक्षर समूहका संस्थापकहरू भूपिन र ईश्वर कँडेलको उपस्थिति थियो ।
तपाइँको प्रतिक्रिया