आफुलाई राजनीति कसीबाट जाँच्न लामिछानेको आग्रह, चितवनमा धमाधम संगठन विस्तार

१४ साउन ।
लामो समयको मिडियाकर्मलाई पूर्ण विराम लगाउँदै राजनीतिमा होमिएका रवी लामिछानेले आफू टेलिभिजनकर्मीको रूपमा प्राप्त गरेको लोकप्रियताको फाइदा उठाउनको लागि राजनीतिमा नआएको बताएका छन् । उनले आफूलाई राजनीतिक कसीबाट नै जाँच्न सबैलाई आग्रह गरेका छन् ।
यसैविच चितवनमा आक्रमक ढंगले राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटीहरु विस्तार हुन थालेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २८ मा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज वडा कमिटी गठन गरेको हो ।भरतपुर महानगरपालिका–२८ जितपुरमा आज सम्पन्न भेलाले स्थानीय व्यवसायी केशवराज गौतमको नेतृत्वमा वडा कमिटी निर्माण गरेको छ । अन्य वडा कमिटीहरु पनि बन्ने क्रममा रहेका छन् ।
तपाइँको प्रतिक्रिया