पुनः एक पटक प्रधानमन्त्री बन्ने प्रचण्डको इच्छा

काठमाण्डौँ, १४ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको चुनावमा कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरेका छन् ।पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा शनिबार उनले आफूले नेपाली कांग्रेसका नेताहरुसँग यो विषयमा कुरा गरिसकेको भन्दै कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिए ।उनले यसमा गडबड हुन नदिने भन्ै कार्यकर्तालाई आश्वस्त हुन आग्रह गरे । उहाँले मंसिर ४ गते चुनाव हुने पक्का भएको दावी गर्नु भयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पुनः एक पटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्नुभएको छ । संघ र प्रदेशको निर्वाचनमा अहिलेकै गठबन्धन कायम हुने भन्दै प्रचण्डले तालमेलमा स्थानीय तह निर्वाचनमा भएको कमजोरी सुधार्ने बताए ।
दाहालले नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको आरोप लगाएका छन् ।
उनले एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन खोजिएको बताएका हुन् । उहाँले किरण, विप्लव र बाबुरामको अब अर्थ नरहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘यो चुनावमाबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको काम छैन भन्ने स्पष्ट भयो’ उनले भने, ‘किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन ।’
तपाइँको प्रतिक्रिया