४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, चितवनमा ८ जना

काठमाण्डौ, १४ साउन ।
देशैभर पछिल्लो २४ घण्टामा चार सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय ९९ जनाको नमूना परीक्षण गर्दा चार सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणको कारण दुई जनाको ज्यान गएको छ । अहिले नेपालमा चार हजार तीन सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । यता चितवनमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६२ जनामा गरिएको परीक्षणमा विगत २४ घण्टामा भरतपुर महानगरपालिकाभित्रका आठ जनामा सो संक्रमण पाइएको हो ।
तपाइँको प्रतिक्रिया