शिक्षाको बिकासबाट मात्रै सामाजको बिकास सम्भव -सांसद महत

नवलपुर १४ श्रावण।
चोरमारा । संघिय सांसद तिलक महतले शिक्षाको बिकासबाट मात्रै सामाजको बिकास सम्भव भएको बताउनु भएको छ । शैक्षिक बिकास बिना हुने बिकास दिगो नहुने भन्दै चेतनाको स्तर सुधारको लागि शैक्षिक बिकास आवश्यक रहेको बताउनुभयो ।कोल्हुवा बहुमुखी क्याम्पस मध्यविन्दु–२ को दोस्रो अधिवेशन तथा क्याम्पस सभाका प्रमुख अतिथि महतले ग्रामिण क्षेत्रमा सञ्चालित शैक्षिक संस्थाहरुको बिकासको लािग विशेष कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा बिशेष अतिथि मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले नगरपालिका भित्रको शैक्षिक अवस्था सुधार गर्न अध्ययन र सोही बमोजिमको कार्ययोजना निर्माणको चरणमा रहेको बताउनुभयो । उहाँले माध्यामिक तह सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई भएपनि नगरपालिका भित्र सञ्चालित क्याम्पसहरुको अवस्था सुधारको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले नगरपालिका भित्रको शिक्षा र शैक्षिक संस्था दुवैको अवस्था सुधार गर्न आवश्यक रहेको बताउनु भएको थियो ।संघिय सांसद तिलक महतको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाट शत्रमा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी, उपप्रमुख पूर्णकला चौधरी, वडा अध्यक्षहरु रामभक्त अधिकारी, मान बहादुर महतो, डिल्लीराम थारु, जग्गादाता पदम चौधरी, जोगमान चौधरी लगायतको आतिथ्यता रहेको थियो ।
तपाइँको प्रतिक्रिया