काठमाण्डौँमा एकै परिवारका चारजना मृत फेला, श्रीमती र छोराछोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेको आशंका

काठमाण्डौँ, १६ साउन ।
काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार विहान ४ जना मृत भेएिका छन् । एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । पाण्डे परिवारका चार जनाको शव सोमबार बिहान विभत्स अवस्थामा भेटिएको थियो । दिनेशकी पत्नी सुनीता काप्री पाण्डे, उनका ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको शव एउटा कोठामा भेटिएको छ । दिनेशको शव भने अर्को कोठामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीका अनुसार घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको छ ।
मृतकको स्थायी घर गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ रहेको प्रहरीले बताएको छ । दिनेश करिव १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । उनको परिवारबारे जानकार छिमेकीहरुका अनुसार दिनेश र सुनीताबीच मेलमिलाप थिएन ।पारिवारिक झगडा तीन पटकसम्म प्रहरीको वालाजु बृत्तमा पुगेर मेलमिलापमा टुंग्याइएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ ।
तपाइँको प्रतिक्रिया