एकैदिन ८९५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं, १६ साउन ।
पछिल्लो २४ घण्टामा देशैभर ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ९३४ रहेको छ । संक्रमितमध्ये काठमाडौंमा ३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन् ।
तपाइँको प्रतिक्रिया