सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

ठेकदारको ढिलासुस्ती र लापरबाहीले चितवनका सयौँ सडक निर्माणको काम अलपत्र

  •  | १७ श्रावण २०७९, मंगलवार १६:१५ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चितवन ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठेकदारहरुको ढिलासुस्ती र लापरबाहीले सडक पूर्वाधार निर्माणको काम अलपत्र परेको बताउनुभएको छ ।भरतपुर महानगरपालिका १८ मा रहेको मिलन युवा क्लबले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मेयर दाहालले ठेकेदारकै कारण भरतपुरका सयौँ सडकहरु अधुरो र अलपत्र परेको उल्लेख गर्नुभयो । मेयर दाहालले महानगरपालिकाले बारम्बार ताकेता गर्दा पनि ठेकदारहरु विभिन्न बहाना बनाएर सडक निर्माणको कामलाई अलपत्र पारेर महानगरपालिको सम्पर्क बाहिरा बसेको बताउनुभयो ।

    ‘तोकिएको समयमा सयौँ सडकहरु अहिले निर्माण सम्पन्न हुनु पथ्र्यो,उहाँले भन्नुभयो,‘ठेक्का भएको छ । काम हुँदैन । ठेकदारहरुले ठेक्का लिने काम नगर्ने परिपाटीले जनताले दुःख पाएका छन् । यसबारे जनप्रतिनिधिलाई गुनासो आउनु स्वाभाविक पनि हो ।’
    महानगरपालिकाको काम योजना छनोट गर्ने, बजेट विनियोजन गरी ठेक्का दिने हो, ठेक्का पाएका ठेकदारले काम लिएर विभिन्न बाहाना बनाई होल्ड गरेर बस्ने परिपाटीको देखिएको छ–मेयर दाहालले भन्नुभयो।

    अहिले वर्षातको समय भएकाले कालोपत्रे गर्न नमिल्ने भएकाले निर्माण रोकिएको पनि मेयर दाहालले बताउनुभयो ।ठेकदारहरुले विभिन्न बाहाना बनाएकाले सडक निर्माणका कामहरु रोकिएको मेयर दाहालले जानकारी दिनुभयो ।‘कहिले वर्षात भयो भन्दै काम रोकिएको छ,‘उहाँले भन्नुभयो,‘कहिले निर्माण सामाग्री अभावको बाहान बनाईन्छ । कहिले निर्माण सामाग्रीको मूल्यवृद्धि भयो भनेर बाहाना बनाइएको छ ।’

    भरतपुर महानगरपालिकाले विगत ५ वर्षको अवधिमा ६ सय १० किमि सडक कालोपत्रे गरेर उदाहरणीय कार्य गरेको छ । पछिल्लो ६ महिनादेखि भरतपुरमा ठेक्का सम्झौता भएका सडकहरु अलपत्र परेका छन् । महानगरले निर्माण कार्य रोक्ने ठेकेदारलाई काम अगाडि बढाउन ताकेता पनि गर्दै आइरहेको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    सरकारी जमिनमा रातारात बन्यो माओवादी निकट निजामती कर्मचारी संगठनको टहरा

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.