सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

हुप्सेकोट गाउँपालिकामा स्वरोजगारमुखी क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरुको चासो

  •  | १७ श्रावण २०७९, मंगलवार १६:२७ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • हुप्सेकोट गाउँपालिकामा कृषि तथा स्वरोजगारमुखी क्षेत्रमा लगानी गर्न व्यावसायिक समूहहरु इच्छुक देखिएका छन् । हुप्सेकोट गाउँपालिकामा भएको छलफल पश्चात गोल्यान समूह र चौधरी ग्रुपले कृषि र स्वरोजगारमुखी क्षेत्रमा गाउँपालिका संग सहकार्य गरी लगानी गर्न चासो देखाएका हुन् । गाउँपालिका क्षेत्रमा रहेका कृषि उत्पादनको बजार प्रवर्द्धन , लगानी विस्तार , साना तथा मझौला उधोग प्रवर्द्धन , परम्परागत पेशालाई व्यवसायिक रुपान्तरण र विद्यालयमा पढदै कमाउदै कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।

    गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डे , गोल्यान समूहका पवन गोल्यान, चौधरी ग्रुपकी सारिका चौधरी , पढदै कमाउदै कार्यक्रमका अभियान्ता नारायण सिग्देल सहितको छलफल कार्यक्रमबाट रोजगारी र आर्थिक समृद्धिका क्षेत्रहरु पहिचान गरि लगानी गर्ने सहमति भएको हो । हुप्सेकोट गाउँपालिकाका जनप्रतिनिधि , कृषक, विद्यार्थी ,अभिभावक सहितको अन्तक्रिया कार्यक्रममा दोहोरो अन्तरसंवाद गरि सम्भावनाका क्षेत्रहरु पहिचान समेत गरिएको छ । विद्यालय तहदेखि नै सीप र रोजगारका क्षेत्रमा जोडनका लागि यसै आर्थिक वर्षदेखि गाउँपालिकाले पढदै कमाउदै कार्यक्रम सुरुवात गरेको गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनु भएको छ । हुप्सेकोट गाउँपालिकामा उत्पादन हुने तरकारी,अदुवा लगाएतका कृषि उत्पादनमा थप ऋण लगानीको वातावरण तयार गर्न आफुहरु तयार रेहेको गोल्यान समूहका पवन गोल्यानले बताउनु भयो ।

    आर्गानिक कृषि मार्फत उत्पादन बृद्धि गरि त्यसलाई विदेश समेत निर्यात गर्न आफुहरु तयार रहेको गोल्यानले बतायो । आर्गानिक उत्पादनलाई माटो ब्राण्ड मार्फत बजारीकरण गरिहेको हुँदा यहाँ उत्पादन वृद्धि गर्न पिपिपि मोडलमा लगानी गर्न आफुहरु इच्छुक रहेको गोल्यान समुहका पवन गोल्यानले स्पष्ट पार्नुभयो । त्यसैगरी चौधरी ग्रुपको तर्फबाट सारिका चौधरीले हुप्सेकोटमा उत्पादन हुने आलु सिजि कम्पनिले खरिद गर्दै आएको स्मरण गर्दै सहकार्य बृद्धि गर्न तयार रहेको बताउनु भयो । महिलाहरुको क्षमता विकाश र सीप प्रवर्द्धनका लागि चौधरी फाउण्डेसन मार्फत कार्यक्रम सञ्चालन गर्ने चौधरीले बताउनु भयो ।

    पढदै कमाउदै कार्यक्रमका अभियान्ता नारायण सिग्देलले विद्यालय तहदेखि नै सीप र अर्थोपार्जनका क्षेत्रमा ज्ञान बांड्नुपर्ने बताउनु भयो । हुप्सेकोट गाउँपालिकामा चालु आर्थिक वर्ष देखि नै विद्यालयहरुमा पढदै कमाउदै कार्यक्रम सञ्चालन गर्न लागिएकाले त्यस कार्यमा आफुले सहकार्य गर्ने अभियान्ता सिग्देलले बताउनु भयो ।

    कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले ३० हजार जनसंख्या रहेको गाउँपालिकालाई आत्मनिर्भर बनाउँदै समृद्धिको बाटोमा लैजान छलफल कार्यक्रम गरिएको बताउनु भयो । ज्ञान,सीप र पूँजी भएका व्यक्ति एवम् समूहहरुलाई गाउँपालिकामा नै भित्र्याएर सहकार्य गर्न लागि परेको पाण्डेले बताउनु भयो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.