जनार्दनलाई अर्थमन्त्री बनाउनु लाजमर्दो -ओली

काठमाडौं, १७ साउन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको टिप्पणी गर्नु भएको छ । मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उहाँले शर्मा दोहो¥याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गर्नु भयो ।
उहाँले गठबन्धनसँग अर्थमन्त्री बनाउने अर्को मान्छे पनि नभएको बताउनु भयो । बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागी गराएको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो । त्यसपछि शर्माले राजीनामा दिएका थिए ।
संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भएको पुष्टि नभएको प्रतिवेदन दिएको थियो । त्यसपछि शर्मा पुन अर्थमन्त्री नियुक्त भएका थिए । ओलीले सत्तारुढ गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन आह्वान गर्नु भएको छ । उहाँले चुनावी तालमेल नभई पार्टी एकतामै आउन आह्वान गर्नु भएको हो ।
तपाइँको प्रतिक्रिया