सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

बन्दीपुर केबलकार र आइपिओ एकैसाथ खुल्ने

  •  | १८ श्रावण २०७९, बुधबार १७:१० , प्रकाशीत
  • Published By: Mukundasen Online
  • तनहुँ, १८ साउन ।

    तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबलकार र आइपिओ एकैसाथ खुल्ने भएको छ।आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबलकार आगामी वैशाखदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

    समयअनुरूप पर्यटकहरूलाई नयाँपन दिनका लागि केबलकारभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।प्रत्येक दिन साँझ ५ बजेपछि केबलकारले मानिस बोक्ने व्यवस्था बन्द गरी उक्त सेवा सञ्चालन गरिने उनले बताए।

    उक्त समयपश्चात् इच्छुक पर्यटकहरूले केबलकार रिजर्भ गरी केबलकार भित्रको रेष्टुरेन्टमा मनोरञ्जन लिन पाउनेछन्।केबलकारभित्र ग्लासको क्याबिन जडान गरिनेछ।उनले भने, ‘रेष्टुरेन्टका लागि रु. २५ हजार शुल्क तिरेपछि खाना, बस्न, सुत्न लगायतका सबै सुविधाको व्यवस्था हुनेछ।’केबलकार भित्रै शौचालय सहितको सुविधा सम्पन्न बनाउनका लागि कति लोड धान्न सक्छ भनेर अनुसन्धान कार्य पनि भइरहेको उनले बताए।

    अघिल्लो दसैंदेखि केबलकार सञ्चालन गर्ने तयारी गरिए पनि कृत्रिम अभावका कारण सामान समयमा पाउन नसक्दा निर्माणमा ढिलाइ हुन गएपछि अन्य थप सुविधा थप्दै व्यवस्थित गर्न लागेको उनले बताए।आगामी नयाँ वर्षदेखि केबलकार सञ्चालनमा ल्याउने गरी काम थालिएको उनले जानकारी दिए।

    केबलकारका लागि आवश्यक पर्ने सामान र जनशक्ति बाहिरबाट ल्याउनुपर्ने भएकाले ल्याइसकिएको उनले बताए। केबलकारबाट बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्म एक किलोमिटर छसय मिटर दूरीको यात्रा गर्न पाउनेछन्।एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ।

    बन्दीपुर केबलकार एन्ड टुरिजमको लागत एक अर्ब ६६ करोड ८९ लाख रुपैयाँ रहेको बताइएको छ।केबलकार र चारतारे होटल निर्माणसहित कूल तीन अर्ब रुपैयाँ लगानी हुने देखिएको अध्यक्ष शर्माले बताए।पहिला गरिएको सामानको इष्टिमेटको तुलनामा कम्तीमा २५ प्रतिशत सामानको मूल्य वृद्वि भएकाले लागत बढ्ने संकेत देखिएको उनले जानकारी दिए।

    केबलकारसँगै आइपिओ सुरू

    यसैगरी बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले केबलकारसँगै आइपिओ सुरू गर्ने जनाएको छ।आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको जनाइएको छ। केबलकार र आइपिओसँगै सञ्चालनमा ल्याइने गरी काम अघि बढाइएको अध्यक्ष शर्माले बताए।

    सेयर निष्कासन गरी २० प्रतिशत सर्वसाधारणलाई र १० प्रतिशत कम्पनी भित्रका कर्मचारीहरूलाई प्रदान गरिनेछ।यसअघि बन्दीपुर केबलकारमा एक हजार चार सय जनालाई सेयर वितरण गरेको छ।

    उक्त परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१, पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडको २५ र बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत सेयर रहेको छ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.