एकैदिन ९१५ जनामा कोरोना संक्रमण

१८ साउन, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ९० जना र २ हजार ९११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३१ हजार ८५३ पुगेको छ ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५४ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ४३३ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।
तपाइँको प्रतिक्रिया